प्रहरीले काठमाडौं नागढुंगास्थित चेकप्वाइन्टबाट ८ किलो अवैध लागूऔषध चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ।
धादिङबाट काठमाडौं आउँदै गरेको बा२ख ८१९ नम्बरको बसमा सवार मकवानपुर थाहा नगरपालिका– का २४ वर्षीय रमेश थिङलाई ८ किलो चरेससहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
पक्राउ परेका थिङले लामो समयदेखि अवैध लागूऔषध चरेसको कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। थिङलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।