तुलसीपुरको फोहर फाल्ने ठाउँमा एउटा नवजात शिशुको शव फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिकाले फोहर फाल्दै आएको पातुखोला बगरमा सालनालसहितको नवजात शिशुको मृत अवस्थामा फेला परेको हो।
प्लास्टिकमा बेरेको अवस्थामा फालिएको ८/९ महिनाको जस्तो देखिने सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले सेतोपाटीलाई बताए।
प्लास्टिकमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको सव फेला परेपनि त्यो बच्चा कस्को थियो र किन प्लास्टिकमा बेरेर फालिएको हो ? भन्ने बारेमा अनुसन्धान भइरहेको सापकोटाले बताए ।