ग्रामिण समुदायका महिलालाई सुन सफा गरीदिने भन्दै नक्कली मिसावट भएको सुन दिइ ठगि गरेको आरोपमा पाँचथर प्रहरीले फिदिम नगरपालिका १३ लुङरुपाबाट ४ जना भारतीय नागरिकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वचम्पारण बस्ने वर्ष ३६ को कृष्ण साह लगायत अन्य चार जना रहेका छन् ।
लुङरूपास्थित बसुन्धरा राइको घरमा पुगेका उनिहरुले लगाइराखेको सुन फोहोर भएकोले सफा गरी दिएर नयाँ मारवाडि वनाइदिने भन्दै विभिन्न रसायन लगाएर मारवाडि गाली अर्कै नक्कली मिसावटयुक्त सुन दिई ठगी गरेर फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले आइतबार उनीहरूलाई इलामबाट पक्राउ गरेको प्रहरी जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत विज्ञान बस्नेतले वताए।
उनीहरूले गत माघ १० गते सो स्थानमा पुगेर ग्रामिण महिलाहरुलाई विभिन्न प्रलोभन र वाहना वनाएर त्यसरी ठगि गरेको सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरीएको हो।
उनीहरुलाई जिल्ला अदालत पाँचथरमा ठगी मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान कार्य भइरहेको साथै उनीहरुले समुदायका अन्य महिलाहरुलाई समेत ठगी गरेको निवेदन आएको जिल्ला प्रहरी पाँचथरले जनाएको छ।