दुर्घटनामा परि दाङमा एकजना शिक्षकको मृत्यु भएको छ।
गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी ५४ वर्षीय नारायण शर्माको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको ईलाका प्रहरी कार्यालय कुसुम बाँकेले जानकारी दिएको छ।
गढवास्थित मावि चइनपुरका शिक्षक शर्मा नेपाल शिक्षक महासंघ गढवाका अध्यक्ष पनि हुन्। शर्मा नेपालगञ्जतर्फ जाँदै गर्दा आइतबार बिहान १० बजेतिर आफैँले चलाएको रा १ प ७०१२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरस्थित पुलमा दुर्घटनाग्रस्त मोटरसाइलकसहित गम्भीर अवस्थामा फेला परेका शर्मालाई नेपालगञ्ज पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच मोटरसाईलक दुर्घटनामा परि मृत्यु भएका शिक्षक शर्माको अन्त्येष्टि सोमबार गर्ने तयारी भइरहेको परिवारजनले जानकारी दिएका छन्।