सिराहाको धनगढीमाई नगरपालिका ८ कसहामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
आइतबार साँझ स १ झ ४७१ नम्बरको एम्बुलेन्सले ‘अन-टेष्ट’ लेखिएको मोटरसाइकललाई ठक्कर दिँदा धनगढीमाई ८ कै २३ वर्षीय दीपेन्द्र महतोको मृत्यु भएको हो।
एम्बुलेन्ससहित चालक उदयपुरका सुखैर चौधरीलाई ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
ट्याक्टरको ठक्करबाट ४ वर्षिय बालकको मृत्यु म्याग्दीको अन्नपूर्ण गाँउपालिका ९ राम्चेमा ट्याक्टरको ठक्करबाट ४ वर्षिय बालकको मृत्यु भएको छ।
आइतबार साँझ ग १ त २९३८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय शिव प्रसाद खोर्जाका छोरा सेमियलको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्याक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय घोडेपानीले नियन्त्रणमा लिएको जनाएको छ।