कपिलबस्तुको कृष्णनगर -२ बसपार्कस्थित एउटा होटलमा खाना खान गएको व्यक्तिको मृत्यु भएको छ।
लु १ ख ७१५५ नम्बरको बसमा बुटवलबाट भारतको दिल्ली जाँदै गरेका बुटवलका ५० वर्षीय चन्द्र बहादुर खत्री, खाना खान होटलमा गएका बेला गए राति पौने १० बजे अचेत भएर लडेका थिए।
उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।