काठमाडौं सुन्धारास्थित एक होटलमा युवतीको शव फेला परेको छ। उदयपुरकी २४ वर्षीया शर्मिला राउतको शव होटलमा भेटिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको भन्दै विशाल खड्कासहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी जनसेवाका डिएसपी टेकुन्नद लिम्बुले जानकारी दिए।
मृतक युवती र प्रहरी नियन्त्रणमा रहेका विशाल पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो शर्मिला, विशाल र उनका दुई साथी सँगै रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। होटल आउँदा उनीहरू चारै जना रक्सीले मातेको प्रहरी अनुन्धानबाट खुलेको छ।
उनीहरूले होटलको कोठा नम्बर १०४ र ५०१ बुक गरेको होटल सञ्चालकले प्रहरीमा बयान दिएका छन्।