दाङमा दुईदिन विद्युत अवरुद्ध हुने भएको छ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। मर्मतको काम भइरहेको हुँदा विद्युत अवरुद्ध हुने जानकारी दिइएको छ।
बिहिबार र शुक्रबार (आज र भोलि) लमही–घोराही–तुलसीपुर ३३ केभी प्रसारण लाइन तथा घोराही वितरण केन्द्र अन्तरगत लमही शाखासहितका सम्पूर्ण ११ केभी फिडरहरूबाट विद्युत आपूर्ति बन्द रहने जानकारी दिइएको छ। १३२ केभी विद्युत् प्रसारण लाइनमा रहेका ३० एमभीएका ट्रान्समिटर हटाएर ६३ एमभीएका ट्रान्समिटर राख्ने काम हुने भएकाले विद्युत् सेवा बन्द हुने प्राधिकरणले सूचना मार्फत जानकारी दिएको छ।
ट्रान्समिटरसँगै ३३ केभीका बसबार बदल्ने कार्यक्रम रहेका कारण जिल्लाका बजार तथा ग्रामीण तहमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिइएको छ। ट्रान्समिटर र बसबार बदल्नका लागि दुईदिन समय लाग्ने भएकाले बिहिबारदेखि बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ।