बुधबार बिहान प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनले अर्कैको नामको पासपोर्ट प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पुनले रुपन्देहीनै ठेगाना राखेर सुनिल कुमार रानाको नाममा आफ्नो फोटो राखी पासपोर्ट बनाएको फेला परेको छ।
त्यसैगरी, पुनले सुनिल कुमार थापा सरङकोटी नाम राखेर बैंकको एटीएम कार्ड समेत बनाएको प्रहरीले जनाएको छ।
रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने, ‘प्रहरी मुडभेटमा मारिएका पुनबाट एक थान पासपोर्ट र बैंकका एटीएम कार्डहरू फेला परेका छन्, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूले यस्तै नक्कली डकुमेण्ट बनाएर चल्ने हो, हामी अनुसन्धान गर्दैछौं, ल्यापटपदेखि फोन खोलेर हेर्न काम अब हुन्छ, एसपी ज्ञावलीलले भने।