बुधबार बिहानै मनोज पुनसँग प्रहरी इन्काउण्टरमा मारिएका ४० वर्षिय सोमबहादुर आले भारतीय सेनाको जागिर छाडेर मनोज पुनको सहयोगी बन्दै अपराध दुनियाँमा प्रवेश गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरी स्रोतका अनुसार आले भारतीय सेनाका जवान थिए, मनोज पुनकै कुरा सुनेर उनले जागिर छाडेर नेपाल आएर मनोजसँग जोडिएका थिए। उनको परिवार भैरहवामा बस्दै आएको छ।
प्रहरीका अनुसार आले बक्सिङ खेलका च्याम्पियन पनि हुन्।
‘बक्सिङ खेलका च्याम्पियन आलेले विभिन्न प्रतियोगितमा थुप्रै मेडलसमेत जितेको देखियो’, उनको अनुसन्धानमा जुटेका एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
दुर्गा तिवारी र बसन्त पौडेलको हत्यामा सम्पूर्ण मानिसदेखि हतियारसम्म व्यवस्थापन आले नै गरेको प्रहरीको दाबी छ।