सरकारले उपत्यकाका ६ स्थानमा विरोध प्रदर्शनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी उपत्यकाका ६ स्थानमा विरोध प्रदर्शन गर्नमा रोक लगाएको हो। यी स्थानमा कुनैपनि किसिमका जुलुश प्रदर्शन धर्ना घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन।
जिल्ला प्रशासन कार्यलयले राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँबानेश्वर, सिंहदरवार, उपराष्ट्रपति निवास र निर्वाचन आयोग वरपर निषेधित क्षेत्र तोकेको हो ।