रोजगारीका लागि मकाउ लैजाने भन्दै टर्कीमा लगेर अलपत्र पार्ने सप्तरी बैखाका ओम प्रकाशकुमार पंजियारलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पंजियारलाई पक्राउ गरेको हो।
ब्यूरोका अनुसार पंजियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई मकाउ लैजाने भन्दै ३ महिनासम्म भारतको नयाँ दिल्लीमा राखी अन्तमा टर्कीमा लगेर अलपत्र पारेका थिए।
विश्वकर्मा र मगर टर्की पुगेका बेला उतै अपहरणमा परि १३ सय अमेरिकी डलर फिरौती रकम तिरेर उनीहरू नेपाल फर्किएको ब्यूरोले जनाएको छ।
पीडित दुवैजनाले पंजियारले आफूहरूलाई राम्रो तलब भत्ताको व्यवस्था हुने भन्दै प्रलोभनमा पारी ६ लाख ५० हजार रुपैयाँ लिएको उजुरी दिएका छन्। पंजियारले पीडितलाई दिल्लीमा लगेर ३ महिनासम्म राखेपछि टर्की लगेर छाडेको सीआईबीले जनाएको छ।
पक्राउ परेका पंजियारलाई मावन ओसारपसारमा मुद्दा दायर गरी आवश्यक अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ।