दाङस्थित शान्तिनगर गाउँपालिकामा आफ्नो घाँटी रेटेर नजिकैको जंगर पसेका एकजना व्यक्तिलाई प्रहरीले उद्दार गरी उपचारको लागि अस्पताल पुर्याएको छ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बाघमारे निवासी मानसिक सन्तुलन ठिक नभएका २४ वर्षीय भूपेश थापाले आफ्नो घाँटी आफैँ हँसियाले रेटेर जंगलतर्फ भागेको खबर पाएपछि प्रहरीले जंगलबाट थापाको उद्दार गरी अस्पताल पठाएको जानकारी दिएको छ।
थापाको राप्ती अञ्चल अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा पठाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटेस्थित आफ्नो मामाको घरमा बस्दै आएका थापाले मंगलबार बिहानै आफ्नो घाँटी अघिल्तिरबाट आफैँ रेटेर नजिकैको जंगल पसेका थिए। स्थानीयवासीको सहयोगामा जंगलबाट थापाको उद्दार गरी उपाचारको लागि पठाइएको डिएसपी सापकोटाले बताए। घाइते थापाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।