रोल्पामा भएमो ट्रयाक्टर दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने थप आठ जना घाइते भएका छन्।
ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार लुङ्ग्री गाउँपालिका–४ नम्जाका ४० वर्षीय नगेन्द्र रोका र सोही ठाउँकै १२ वर्षीय दीपेन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
सोमबार दिउँसो सुवर्णावती गाउँपालिका ३ रुइनीबाङबाट लुङग्री गाउँपालिका वडा नं. ४ नम्जातर्फ जाँदै गरेको लु २ त ७९३० नम्बर ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार थप आठ जना गम्भीर घाइते भएका छन्। घाइते आठ जनाको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइतेमध्ये लुङग्री गाउँपालिका निवासी खिमलाल बानियाँ, लेवसरा विष्ट, निशा विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनाका घाइतेमध्ये लुङग्री गाउँपालिका कै खुमा विष्ट, डोरबहादुर विष्ट, कमला जिएम, लेमन रोका, प्रेम बहादुर घर्तीमगर भने खतरा मुक्त रहेको भन्ने खबर अस्पताल स्रोतले दिएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको प्राथमिक स्वास्थ केन्द्र सुलीचौरमा उपचार सम्भाव नभएपछि थप उपचारको लागि नेपालगंंज मेडिकल कलेज कोहलपुरमा ‘रेफर’ गरिएको प्रहरीले जानकारी दिएको छ।
यो खबर तयार पार्दै गर्दा मृतक दुईजनाको शवलाई पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ केन्द्रमा राखिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।