हेटौंडा उपमहानगरपालिका ११ ट्याक्टरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
शनिबार राति हेटौंडाबाट मनोहरीतर्फ जादै गरेको ना ३ ख ६०२७ नम्बरको ट्याक्टरको ठक्करबाट नवलपरासी सुनवल नगरपालिका ८ का २६ वर्षिय प्रेमबहादु क्षत्री र चितवन भरतपुर उपमहानगरपालिका ११ की २० वर्षिया मात्रा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ना ४७ प ३८३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिएर फरार ट्याक्टर चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ।