डगलास हाइस्कुलमा भएको बन्दुक आक्रमणपछि बसेको प्रहरी चेकपोइन्टमा घटनाको भोलीपल्ट एक युवतीलाई अंगालो हाल्दै क्रिष्टि गिलोरी। पार्कल्यान्ड फ्लोरिडामा एक बन्दुकधारीले अन्दाधुन्द बन्दुक चलाउँदा १७ जनाले आफ्नो ज्यान गुमाएका थिए। (फोटो: मार्क विल्सन, गेटी इमेजेजस)
बन्दुक आक्रमणमा मारिएको सम्झनामा मैनबत्ती बाल्न आएका डग्लास हाइस्कूलका विद्यार्थी एकअर्कालाई सान्तोवना दिदैं। (फोटो: जेराल्ड हर्वर्ट/ एपी)
बायाँबाट क्रमश: सिल्भर मेडल विजेता जियउ लिउ (चीन), गोल्ड मेडलिस्ट चोले किम (अमेरिका) र ब्रोन्ज मेडलिस्ट एरिली गोल्ड (अमेरिका), प्योङजाङ, दक्षिण कोरियामा जारी शीतकालिन ओलम्पिकको चौथो दिनमा महिलातर्फको हाफपाइप विधामा पदक जितेपछि पोज दिदैं। (फोटो: डेभिड रामोस)
दक्षिण कोरियामा जारी शीतकालिन ओलम्पिकमा भएको हाफपाइप खेलको अन्तिम स्पर्धामा खेलका क्रममा घाइते भएपछि अस्ट्रेलियाकी एमिली आर्थर। (फोटो: माइक ब्लेक रोयटर्स)
उत्तर कोरियालीले दक्षिण कोरियामा जारी शीतकालिन ओलम्पिकमा भाग लिएपछी त्यसका विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडप। (फोटो: एपी)
आ-आफ्नो चित्रको बिचमा नेश्नल पोट्रेट ग्यालेसी, वासिङटनमा एकअर्काको हात समाउँदै पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिचे ओबमा। (फोटो: जिम बोयर्ग- रोयटर्स)
अमेरिकी राष्ट्र्पती कार्यालयकी प्रेस सराह हकाबी ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको उत्तर दिदैं। उनले सो क्रममा प्रेसले गोप्य ठानिएका राष्ट्रिय स्वार्थसँग गाँसिएका जानकारीहरू प्रेसले सार्वजनिक गरेको बताउँदै। (फोटो: चिप सोमोडेभिल्ला)
जर्मनको दुसेलदर्फ वार्षिक रोज मण्डे परेडमा बेलायती प्रधानमन्त्री थेरेसा मेको पुत्ला हुँदै हिडिरहेका मानिसहरू। वार्षिकरूपमा हुने यस परेडमा समसामयिक राजनीतिमाथी व्यग्य गर्ने गरिन्छ।( फोटो: लुकास स्कुलेज)
टर्कीको उत्तरी गामिण क्षेत्रमा टर्कीको समर्थन प्राप्त एक सिरियाली लडाकु। (फोटो: खलिल अस्वी)
मस्को बाहिरको रामेन्सकी जिल्लामा भएको प्लेन दुर्घटनामा उद्दारमा खटिएकाहरू हवाइ तस्विर। घटनामा ७१ जना यात्रुको निधन भएको थियो। (फोटो: दिमित्री सरायाकोभ)
पोर्ट ओ प्रिन्स, हैटीमा प्रोपेन ट्याङ विस्फोट पछि भएको आगलागीमा जलेका एक कामदार उपचारपछि। (फोटो: स्पेन्सर प्लाट)
मध्य अमेरिकी देश ग्वाटेमालाका स्थानिय माया आदिवासीहरू आफ्नो परम्परागत एक वार्षिक पर्वका क्रममा। (फोटो: रोयटर्स)
स्कटल्यान्डको बारेमरमा चरिरहेका मृगहरूको समूह। (फोटो: जेफ जे मिचेल)
एक सामुहिक विवाह समारोहमा आफ्नो हातमा मेहन्दी लगाएका महिला हातहरूको बिचमा एक मुसलमान दुलही। आयोजकले सो समारोहमा ७० जोडीको सामुहिक विवाह गरिदिएका थिए। (फोटो: अमित डेभ-रोयटर्स)
चिनियाँ नयाँ वर्षको अवसरमा पश्चिम जाभा प्रान्तको बान्डुङमा मन्दिरमा मैनवत्ती बाल्दै एक युवती (फोटो: तिमुर माताहरी/एएपी)
प्रेम दिवसको अवसरमा न्यूयोर्को रकफेलरमसेन्टर आइस रिकंमा प्रेमप्रस्ताव राख्दै एक युवा। (फोटो:ड्रिउ एन्गेर)
स्पेनको रोस्टर कार्निभल महोत्सवमा फरक पहिरनमा एक सहभागी। यस महोत्सवमा मानिसहरू डोरी, छाला, कपडाका टुक्रा, ओकका पातहरू आदिबाट बनेका पहिरन लगाउने गर्छन्। (फोटो : पाबेलो ब्लाजगेज डोमिनगेज)