बौद्ध धर्मावलम्बीहरूले आज (शुक्रबार) ल्होछार अर्थात नयाँ वर्ष मनाएका छन्। तामाङ तथा शेर्पा समुदायले नयाँ वर्ष हर्षोल्लासका साथ मनाएका हुन्।
तामाङ समुदायले सोनाम ल्होछार र शेर्पा समुदायले ग्याल्बो ल्होछार पर्व मनाएका हुन्।
सरकारले माघ ४ गते नै सोनाम ल्होछारको बिदा दिएपनि केही तामाङ समुदायले आफूहरूको तिथि र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन्।
यसै अवसरमा काठमाडौंको तीनकुनेमा शुक्रबार र शनिबार दुई दिनका लागि सांस्कृतिक महोत्सव पनि आयोजना गरिएको छ।
यस अवसरमा तामाङ समुदायले आपसीमा भेटघाट गरी सुख र समृद्धिको कामना गर्ने गर्दछन्।
सरकारले सार्वजनिक बिदा समेत दिएको छ। यस वर्ष ल्हो चक्र अनुसार कुकुर वर्गको पालो आएको छ। तामाङहरू नेपालको मध्य-पहाडी क्षेत्रको भूमिपुत्र मानिन्छन्।
हेर्नुहोस् तस्बिरमा: