दाङमा बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि लमही नगरपालिका वडा नं. ६ निवासी १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २१ वर्षीय मन्जितकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौंबाट दाङको तुसीपुर तर्फ आउँदै गरेको ना ६ ख २३३१ नं.को बसले घोराहीबाट लमही तर्फ जाँदै गरेको रा ४ प २९९९ नं.को मोटरसाईकललाई घोराही–लमही सडक खण्डको बेलदमार नजिकै ठक्कर दिँदा उक्त दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए।
तीव्र गतिमा रहेको बस र मोटरसाईकल ठोक्किदा मोटरसाईलकमा सवार दुबैजनाको मृत्यु भएको खड्काले बताए। बस र चालक प्रहरी नियन्त्रणमा छन्।
दुर्घटना बिहीवार दिउँसो भएको थियो । यसैबीच शुक्रबार घोराहीका सम्पूर्ण कम्प्यूटर व्यवसायीले आज एक दिन आफ्नो व्यवसाय बन्द गर्ने जानकारी दिएका छन्।
कम्प्यूटर टेक्निसियन गुप्ता र न्यौपानेको निधनको शोकमा उनीहरुले आज एकदिन कम्प्यूटर व्यवसाय बन्द गर्ने जानकारी दिएका छन्।
घाइते डाँगीको मृत्युयसैबीच केही दिन पहिले पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरी क्षेत्रमा बसको ठक्करवाट घाइते भएका रोल्पा जिल्लाको सुकीदह गाउँपालिका वडा नं. २ ओईलाम निवासी १९ बर्षीय गोपाल डाँगीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
माघ २७ गते पूर्ववाट दाङ तर्फ आउँदै गरेको ना ६ ख ८८३ नं.को बसले भालुवाङ नजिकै रा ४ प ३५३ नं.को मोटरसाईकलमा सवार डाँगीलाई ठक्कर दिएर गम्भीर घाईते भएका डाँगीको उपचारका क्रममा चितवनमा मृत्यु भएको प्रहरी जानकारी दिएको छ।
डाँगीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो।
सौजन्यः दाङ पुलिस ।