दाङमा ३५ किलो चरेससहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ ४ निवासी २८ वर्षीय मुलमान रोका र रूकुम भूमे गाउँपालिका ७ निवासी १८ बर्षीय जल्को बुढा मगर रहेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।
अवैद्य चरेसको कारोवार भइरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई घोराही उपमहानगरपालिका १७ चौघेराबाट ३५ किलो चरेस, त्यो तौलिन प्रयोग गरिने एक/एक थान ढक तराजुसहित पक्राउ गरिएको एसपी सिंहले बताइन्।
उनीहरुलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुबैजना विरुद्ध लागूऔषध चरेस मुद्दा चलाएर अनुसन्धान सुरू गरिएको एसपी सिंहले बताइन्।
तस्विरः सौजन्य जिप्रका दाङ