भक्तपुरको सुर्यविनायक नगरपालिका ७ गुन्डु खहरेबाट हराएका बालकको शव जंगलमा भेटिएको छ।
सुनिल तामाङका ६ वर्षीय छोरा शिरिसको शव बालकुमारी सामुदासयक बनमा भेटिएको भक्तपुर प्रहरीका डिएसपी कृष्ण प्रसाईँले जानकारी दिए।
जंगलमा उनको टाउको चुडेको, दुबै तिघ्रा नभएको अवस्थामा शव फेला परेको हो।
प्रहरीले उनलाई जंगली जनावरले आक्रमण गरेको हुन सक्ने अनुमान गरेको छ। उनको हत्या भएको अाशंकामा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
शिरिस गत माघ २९ गते साँझ ६ बजेतिर हराएका थिए।