पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि देशैभर बदली भई हल्का वर्षा हुने भएको छ।
पहाड र तराईका केही भागमा बदली भई पानी पर्ने र मध्य र पश्चिमका उच्च हिमाली भागमा हिमपात हुने मौसमविद् वरुण पौडेलले बताए।
‘हिजोबाटै बदली भएको मौसम भोलिसम्म कायम हुनेछ,’ पौडेलले भने, ‘आज राति र भोलि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।’
भोलि बेलुकादेखि भने मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ।
शिवरात्रीका बेला मौसम बदली हुनु संयोग मात्र भएको मौसमविद् पौडेलले बताए।