रौतहटका वनक्षेत्रबाट पछिल्लो केही दिनदेखि काँचो रुखहरू कटान गरी तस्करहरूले तस्करी गर्दै आएको पाइएको छ।
केहीदिन अघि पुर्वपस्चिम राजमार्गको लमाहा र धन्सर सडकखण्डको जंगलवाट सखुवाको रुख काटेर गोलिया तस्करी भइरहेका छन्। उक्त गोलिया वन कार्यालयले चन्द्रपुर–१० स्थित बक्तौरा बाट बरामद गरेको छ। धन्सर, गैडाटार, जंगलसैया, मैढा, रंगपुर, बृन्दाबन बनक्षेत्रबाट काठ तस्करी हुने गरेको स्थानीयहरूले बताउँदै आएका छन्।
केही वन कर्मचारीहरू नै तस्करहरु संग सांठगाठ गरी काठ तस्करी गराउँदै आएको स्थानीयबासीले आरोपसमेत लगाउँदै आएका छन्। रंगपुर, जंगलसैया, बृन्दाबन बनक्षेत्रबाट समेत काचो दाउराहरु साइकल, टेक्टरमा राखेर केही इटाभट्टाहरूमा बिक्रीहुने गरेको पनि पाइएको छ।
यता वनमाथि धेरै आश्रीत रहेकाले चोरीका घटनाहरू हुने गरेको र काठ चोरी तस्करी नियन्त्रणमा कर्मचारीहरू सकृय रहेको भेटिएमा कारवाही गरिने रौतहटका जिल्ला वन अधिकृत दिर्घनारायण कोइरालाले बताएका छन्।