वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गरेका छन्।
वरिष्ठ चिकित्सक केसीले शनिबार शिक्षण अस्पताल महाराजगंजमा पत्रकार सम्मेलन गरी प्रधानन्यायाधिश पराजुलीको राजीनामा माग गरेका हुन्।
‘प्रधानन्यायाधीशले राजीनामा नदिए अझै कडा रूपमा आन्दोलन गर्छु, न्याय बिक्रि गर्ने न्यायाधीशको विरुद्ध अझै लड्छु। जवाफदेहि बनाएरै छोड्ने हो,’ डा केसीले भने।
उनले प्रधानन्यायाधीश पराजुलीको नागरिकता, शैक्षिक प्रमाणपत्रहरु र तीनका आधारमा भएका नियुक्ती बदर गरी कानुनी कारबाही गर्नुपर्ने दावी समेत गरे।
वरिष्ठ चिकित्सक केसीले प्रधानन्यायाधीश पराजुलीले गैरकानुनी ढंगबाट नागरिकता लिएको पाइएको उल्लेख गर्दै कारबाही गर्नुपर्ने माग पनि गर्नु भरे। उनले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयको उजुरीका सम्बन्धमा कल डिटेल तथा भ्वाईस रेकर्ड झिकाउने लगायतका कार्यगरी गम्भिरतापूर्वक अनुसन्धान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सुन्नुहोस् पत्रकार सम्मेलनमा डा. केसी[audio mp3="http://setopati.com/wp-content/uploads/2018/02/Gobinda-K-C-Audio-.mp3" preload="auto"][/audio]
वरिष्ठ चिकित्सक केसीले न्यायालयमा पैसा र शक्तिको बोलवाला रहेको पुष्टि भएको दावी गर्दै प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलन गर्दै आएका छन्।