सामाजिक सञ्जाल फेसबुकले प्रदान गर्ने फेसबुक सामाजिक व्यवसाय (फेसबुक सोसल इण्टरप्रेनरसीप) ग्रान्ड अवार्ड २०१७ नेपालका अभिनव खनालको कम्पनीले जितेको छ।
बिन भोयेजका सह-संस्थापक रहेका अभिनवले ५५ हजार डलर अवार्ड प्राप्त गरेका छन्। उक्त रकम बराबर फेसबुकले विज्ञापन र फेसबुक भाइस प्रेसिडेन्ट (भीपी) अफ ग्लोबल मार्केटिङ क्यारोलिनले क्षमता विस्तारको लागि मार्गदर्शन गर्नेछिन्।
बिन भोयज एक सामाजिक संस्था हो जसले महिला कफी उद्यमीहरूलाई विश्वभर सहायता गर्छ। फेसबुकले ‘वान योङ वल्र्ड’ नामक सामाजिक संस्थासँग सहकार्य गर्दै यो अर्वाड दिने सुरूआत गरेको हो।
फेसबुकमार्फत समाजमा सकारात्मक प्रभाव छोड्ने उद्यमीलाई फेसबुकले यो वर्षदेखि ‘सोसल इण्टरप्रेनरसीप अवार्ड’ दिन सुरू गरेको हो।
https://www.facebook.com/OneYoungWorld/videos/10155176410528053/