नेपाल प्रहरीले लागूऔषध तस्करी मुद्दामा फरार रहेका भारतीय नागरिक मस्कुर अहमद लारीलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी कार्यालयका डिआईजी गणेश केसीले दिएको जानकारी अुनसार लारी नेपाल आएको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो।
‘केहीबेरअघि महाराजगन्जबाट लारीलाई पक्राउ गरिएको हो,’ डिआईजी केसीले भने, ‘अब हामी उनलाई अदालतमा बुझाउँछौं।’
लारी बानेश्वरमा रहेको पाँचतारे एभरेष्ट होटलका सञ्चालक थिए।
दुई वर्षअघिको भुइँचालोपछि सो होटल बन्द छ।
लारीको लागुऔषध मुद्दा २१ वर्षअघिको हो। उनले नेपालबाट जर्मनी चरेस लगेको भन्दै मुद्दा चलेको थियो।
१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस लारीको संलग्नतामा नेपालबाट गएको भन्दै उनीमाथि अनुसन्धान थालिएको थियो।
उनकाविरुद्ध पक्राउ आदेश जारी भएर उनी फरार सूचीमा थिए।