काठमाडौंको एयरपोर्टस्थित कार्गो नजिकै बिहिबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार व्यक्तिको मृत्यु भएको छ।
बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
मोटरसाइकल पछाडि सवार पिंगलास्थान बस्ने सुनसरी इटहरीकी रविना ओझा गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारको क्रममा बिहान ८ बजे काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो।
बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।