दाङमा सवारी दुर्घटनाका दर उच्च रहेको पाइएको छ।
साउनदेखि पुस महिनासम्म ६ महिनाको अवधिमा भएका ७४ विभिन्न दुर्घटनामा परि दाङमा ३३ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक कार्यालय दाङका ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेका अनुसार यो अवधिमा भएका दुर्घटनामा परि २७ पुरुष र ६ जना महिलाहरूको मृत्यु भएको छ।
चालू आर्थिक वर्षको साउन महिनामा ३ पुरुष, १ महिला र १ बालक,भदौ महिनामा ४ पुरुष ,१ बालक,असोजमा ४ पुरुष, ३ महिला, १ बालक र २ बालिक, कात्तिक महिनामा ५ पुरुष, २ महिला, १ बालक, मसिंर महिनामा ५ पुरुष, १ बालक र पुस महिनामा ६ पुरुष र १ बालकको गरि ६ महिनाको अवधिमा ३३ जनाको मृत्यु भएको हो।
३३ जना मृतकमध्ये ९ जना बालबालिका रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परि साउन महिनामा ६ जना, भदौमा ५ जना, असोजमा १० जना, कात्तिकमा ८ जना, मंसिरमा ६ जना र पुस महिनामा ७ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ। तथ्याङ्क अनुसार दुर्घटनामा परि सबैभन्दा बढी १० जनाको असोज महिनामा मृत्यु भएको छ।
त्यस्तै, ६ महिनामा दाङमा भएका विभिन्न सवारी दुर्घटनामा परि ७६ जना गम्भीर घाइते भएका छन्। साउन महिनामा १० जना, भदौ महिनामा १२ जना, असोजमा ४ जना, कात्तिकमा २४ जना, मसिंर महिनामा ५ जना र पुसमा २१ जना गम्भीर घाइते भएको दाङ ट्राफिक प्रमुख वाग्ले बताए।
साउनमा ११ वटा दुर्घटना, भदौमा १२ वटा दुर्घटना, असोजमा ११ दुर्घटना, कात्तिकमा १३ दुर्घटना, मंसिरमा ८ दुर्घटना र पुसमा सबैभन्दा धेरै १९ वटा दुर्घटना भएको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षमा सवारी दुर्घटनाको परि दाङमा मृत्यु हुनेको संख्या ७१ जना रहेकोमा यो आर्थिक वर्षको ६ महिनाको अवधिमा मृतकको संख्या ३३ पुगेको र बढी जस्ता मोटरसाइकल मै भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख वाग्लेले बताए। दाङ नेपालमा सवारी दुर्घटना हुने स्थानमध्ये उच्च स्थानमा पर्दछ।