विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईदैछ।
यसै अवसरमा काठमाडौंमा बृहत र्याली निकालिएको छ। क्यान्सर मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ निकालिएको र्यालीमा क्यान्सर रोगसँग सम्बन्धित संघ, संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाललाई क्यान्सर मुक्त बनाउन जनचेतनामूलक र्याली निकालिएको क्यान्सर सोसाईटी नेपालका कार्यक्रम संयोजक नारायणबहादुर कार्कीले जानकारी दिए।
क्यान्सर रोगीको संख्या बढ्दै गइरहेका बेला यसको रोकथामको उपायको खोजी गर्दै नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी वर्षेनी विश्व क्यान्सर दिवस मनाउने गरिएको छ। र्यालीमा सहभागीहरूले क्यान्सर रोग लाग्नै नदिन सचेत रहन पनि सबैमा अपिल गरेका छन्।
नेपालमा वर्षेनी १५ हजार क्यान्सर रोगको कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक छ। नेपालमा सबै भन्दा बढी फोक्सोको क्यान्सरको रोगी रहेको चिकित्सकहरूले बताएका छन्। उनीहरूले खानपान र वातावरणको उचित ध्यान दिन नसक्दा यो रोग लागेका बिरामीको संख्या बढ्दै गएको पनि स्पष्ट पारेका छन्।
ध्रुमपान, मध्यपान नगरे तथा चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकहरूले बताएका छन्।खानपानमा ध्यान पुर्याउन सकेमात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
https://youtu.be/PVKMB6AeEQI