अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेश कुमार थापालाई नगद १८ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको छ।
प्रहरी जवान थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ।
थापाले घुस मागेको सेवाग्राहीले दिएको विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई भक्तपुरको राधेराधेबाट पक्राउ गरेको हो । पक्राउ परेका थापालाई अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको छ।