फेवातालको जलकुम्भी झार र फोहोर निकाल्ने मेसिन पोखरा आइपुगेको छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको हो। मेसिनको बुधबार फेवातालमा परीक्षणसमेत गरिएको छ।
जलकुम्भी झार निकाल्ने क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भे्स्टिङ मेसिन झिकाइएको फेवाताल संरक्षण आयोजना प्रमुख इन्जिनियर महेन्द्रबहादुर गोदारले बताए। फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने छ र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ।
२०७४ वैशाख १९ गते जलकुम्भीलगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने निर्णय महानगरले गरेको थियो।
तालमा वर्षेनी आउने जलकुम्भी झारको ब्यवस्थापनका लागि पोखरा लेखनाथ महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले अत्याधुनिक औजार (मेशिन) खरिद गरेको उपमेयर मन्जु गुरुङले बताइन्।
झारका कारण फेवातालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई डुङ्गा सयरमा समेत बेला बेलामा समस्या पर्ने गरेको थियो।
[video width="400" height="224" mp4="http://setopati.com/wp-content/uploads/2018/02/27517466_146139939517776_689487274873716736_n.mp4" autoplay="true"][/video]
तस्बिरः सरिन केसीको फेसबुकबाट