बुधबार साँझ ६ बजेर ३६ मिनेटमा सुरू भएको खग्रास चन्द्रग्रहणसँगै ‘ब्लुमुन’ र ‘सुपरमुन’ समेतका दुर्लभ संयोग परेको छ।
यो १ सय ५२ वर्षपछि दोहोरिएको हो। राजधानीबाट देखिएको यो दुर्लभ चन्द्रग्रहणको तस्बिर तस्बिहरू हामीले यहाँ प्रस्तुत गरेका छौ।
सामान्यतया एउटै महिनामा दुई पटक पूर्णिमा परेमा पछिल्लो पूर्णिमाको चन्द्रमालाई ‘व्लु मुन’ भन्ने परम्परा छ। चन्द्रग्रहण अहिले राति ९ बजेर ५३ मिनेटमा सकिने खगोलविदहरूले जनाएका छन्।