मंगलबार सहिद दिवस थियो। नेपाल सरकारले सरकारी विदा दिएपछि अधिकांश नेपाल सरकारका कर्मचारी वनभोज, आफन्तसंगको भेटघाट, बजारमा परिवारसंग किनमेल लगायतका काममा निस्कीए। तर, झापामा भने सरकारी सेवा प्रदायक दुईवटा कार्यलयका कर्मचारी भने फरक शैलिमा व्यस्त थिए।
ईलाका प्रशासन कार्यालय दमकका केहि कर्मचारी र शिवसताक्षी नगरपालिका ६ नम्बर वडाका अध्यक्ष सहित वडा सचिव अन्य दिन जस्तै कार्यलयकै काममा खटिए। उनीहरूले विदाको दिन नभनी सेवाग्राहिको काम गरे। उनीहरूले नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरे।
ईलाका प्रसासन कार्यलय दमकका शाखा अधिकृत सुर्यमान वानिँया, नासु तुलसी ओझालाई लिएर शिवसताक्षी नगरको ६ नम्बर वडामा आए। बाँनियाँको साथमा नेपाली नागरिकताको ढड्डा पनि थियो। ईलाका प्रसासन कार्यलयको सरकारी टोली सो वडाका धनवहादुर याङ्गया (लिम्वु)को घरमा पुग्दा याङ्गयाको घरमा सुनसान थियो।
घर भित्रको एउटा खाटमा उनै याङ्गया सुतिरहेका थिए। उनको बोलि थिएन। वानिँयाले नमस्कार गरे तर, उनले फर्काउन सकेनन्। केहि मिनेटपछि सो वडाका अध्यक्ष मनोज खुलाल पनि केहि सामाजिक अगुवासहित त्यहाँ पुगे। एकपछि अर्को गर्दै याङ्गयाको घरमा गाउँले पनि थपिए।
याङ्गयाको घर नजिकै सरकारी गाडी पार्किङ्ग भएको देखेर अन्य छिमेकी पनि के भयो भन्दै अत्तालिएर आए। कानेखुसी गर्दै उनीहरूले भने किन आएको रहेछ सरकारी टोली यहाँ? वडा सचिव रुद्र अधिकारीले नेपाली नागरिकताको अनुसूची फारम फाइलबाट निकाले र शारिरीक रुपमा असक्त्त धनबहादुर याङ्गयालाई हात समातेर औंठाको छाप लगाइदिए। ईलाका प्रसासन कार्यलय दमकका नासु तुलसी ओझाले नेपाली नागरिकताको ढड्डामा उनको विवरण भर्दे फोटो टाँसे।
शाखा अधिकृत शुर्यमान बाँनियाको हस्ताक्षर भएको नागरिकता वडा अध्यक्ष मनोज खुलालसहित वानियाँले संयुत्त रुपमा याङ्गयालाई सुतेकै ओच्छ्यानमा प्रदान गरे। स्थानियलाई ईलाका प्रसाशन कार्यलय दमक र शिवसताक्षी नगर ६ नम्बर वडा कार्यलयले विदाको दिन त्यो पनि सहित दिवसका दिन घरमै पुगेर नेपाली नागरिकताको प्रमाण–पत्र प्रदान गरेको नौलो लाग्यो। सरकारले चाहयो भने त हुँदो रहेछ नि? स्थानीयले प्रफुल्ल हुँदै भने, कर्मचारीले विदा र सहिदप्रति अपमान गरेको होइन सच्चा सम्मान गरेको नागरिकता वितरण कार्यले प्रस्ट पारेको छ।
याङ्गा प्यारालाईसीसका विरामी हुन्। उनको शरिरको दाइने भाग चल्दैन। नागरिकताको प्रमाण–पत्रमा पनि उनलाई दाइने हातको चोरी औंलाको छाप लगाईयो। याङ्गयाको हातको बुढीऔंला नहुँदा विवरण खुलाई चोरी औंलाको छाप लगाईएको शाखा अधिकृत वानिँयाले बताए।
कार्यालयको कामको चापले कार्यलय खुलेका दिन याङ्गयालाई नागरिकता प्रदान गर्न नसकिएको हुँदा विदाको मौका छोपेर घरमै आएर नागरिकता प्रदान गरेको वानिँयाले बताएका छन्। १५ गते सोमबार याङ्गयाको नागरिकता जारि भएको हो। ईलाका प्रसासन कार्यालय दमकका उपसचिव भोजराज श्रेष्ठको निर्णय अनुसार शाखा अधिकृत वाँनिया सहितको टोली याङ्गयाकै घरमा पुगेर ईलाका प्रशासन कार्यालय दमकले नेपाली नागरिकता प्रदान गरको हो। सरकारी विदाको दिन नागरिकता जारी गर्न कानूनी समस्या भएकाले १५ गते नै उनको नागरिकता जारी गरीएको वानिँयाले बताए।
याङ्गयाले यस अघिनै नेपाली नागरिकताको प्रमाण–पत्र प्राप्त गरेका थिए। तर, १० वर्ष अघि सतासी खोला आएको बाढीले उनको घर खेत बगाउँदा नागरिकता पनि बगाएको परिवारका सदस्यसहित स्थानीयलाई उदृत गर्दै वडा अध्यक्ष खुलालले बताए। उनको रेकर्ड नभेटिएकाले पुन: नागरिकता जारी भएको हो। उमेरले याङ्गया ८२ वर्ष पुगेका छन्। याङ्गयालाई ४ वर्ष देखि प्यारालाइसीस भएको हो। गौमुत्र पनि विच्छ्यौनामै गर्ने याङ्गयाको श्रीमति वुधमायाको दुई वर्षअघि मृत्यु भएको थियो।
याङ्गयाले छोरी अस्मीताको पनि नेपालि नागरिकताको लागि अनुसुचिमा ओच्छ्यानबाटै सनाखत गरिदिए। कार्यालय पुर्याएर याङ्गयालाई नेपाली नागरिकता प्रदान गराउन सक्ने अवस्था थिएन। वडा अध्यक्ष मनोज खुलालले भने, वाडले आग्रह गरेपछि ईलाका प्रशासनको टोली याङ्गयाकै घरमा आएर नागरिकता प्रदान गरेको हो।