चिठ्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट करोडौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चिठ्ठा परेको रकम प्राप्त गर्न भन्दै विभिन्न ब्यक्तिलाई ठगी गरेको अभियोगमा कोटेश्वरबाट हरि थापालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रमुख डिएसपी रवि पौडेलले बताए।
पक्राउ परेका थापाले ६ करोड रूपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए।
पक्राउ परेको थापालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।