तुलसीपुरमा बसको ठक्करबाट सोमबार एकजना पैदलयात्रीको मृत्यु भएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ वनहरी निवासी ७१ वर्षीय थमनबहादुर विष्टको उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख १२९९नम्बरको यात्रुबहाक बसले तुलसीपुरको हात्तीखौवा चोकमा बिहान ११ बजेतिर ठक्कर दिँदा विष्ट गम्भीर घाइते भएका थिए।
तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि लैजाँदै गर्दा बाटोमै विष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बसका चालक र बस प्रहरी नियन्त्रणमा रहेका छन्।