तुलसीपुरस्थित पातुखोलामा डुवेर दुई जना बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित रानी जरूवा नजिकैको खाल्डोमा डुवेर १२ वर्षीय राज कुमार कुवर र उनका १० वर्षीय भाइ कुमार कवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बुधबार दिउँसो नुहाउन भनि गएका उनीहरु गहिरो खाडलमा डुब्न पुग्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए। दुबै बालकको सव बुधवार बेलुका ५ बजेपछि फेला परेको थियो ।
मृतक दुबैजना सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्वर ११ हिउल्चा निवासी लाकेन्द्रबहादुर कुवरका छोराहरु हुन्। कुवर परिवार तीन महिना पहिले मात्रै तुलसीपुरमा आएर होटेल गर्न थालेका थिए ।