मुलुककै पहिलो फोहर–मैला व्यवस्थापन केन्द्र वीरगन्जमा निर्माण भइरहेको छ।
वीरगन्ज महानगपालिका-१६ नगवाको पूर्वी सीमामा निर्माणाधीन केन्द्रमा आगामी २० वर्षसम्म महानगपालिकाको फोहोर व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। उक्त केन्द्रबाट कम्पोष्ट मल तथा प्लाष्टिजन्य पर्दाथ बिक्री गरी आर्थिक आम्दानीसमेत गरिने महानगपालिकाले जनाएको छ।
वीरगन्ज महानगपालिकाका मेयर विजय सरावगीले निर्माणाधीन केन्द्रको स्थलगत निरीक्षण गर्दै कार्य प्रगतिका बारेमा सरोकारवालासँग छलफल पनि गरेका छन्। मेयर सरावगीले परियोजनासँग सम्बन्धित पदाधिकारी, कन्स्लटेन्ट र ठेक्केदार कम्पनीका पदाधिकारीसँग छलफल गर्दै निर्माण कार्य प्रगतिबारे जानकारी समेत लिए।
मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको दोस्रो चरण अन्तर्गत बन्न लागेको यो परियोजनाका कन्सल्टेन्ट स्मेक इन्टरनेशनलका टिमलिडर नागेन्द्र झा, निर्माण विशेषज्ञ बि एम शाक्य, योजना प्रमुख शैलेन्द्र श्रेष्ट, ठेकेदार कम्पनीका अरविन्द गुप्ता, इन्जिनियर अजित कर्ण र वीरगन्ज महानगपालीकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठसगं छलफल गर्दै समयमै निर्माण कार्यसम्पन्न गर्न निर्देशन समेत दिए।
सहरबाट निस्किने सबैखाले ठोस फोहोरलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न बन्न लागेको फोहोर मैला व्यवस्थापन केन्द्र ४७ करोड ६१ लाख ८० हजार रुपैँया लागतमा चीनिँया निर्माण कम्पनी जन्डिङ इन्टरनेशनल इन्जिनियरिङले
[caption id="attachment_126523" align="alignnone" width="826"]
निर्माणाधीन फाेहाेर–मैला व्यवस्थापन केन्द्रकाे अवलाेकन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर एवं अन्य पदाधिकारी। (फाेटाे: अनिल तिवारी )[/caption]
ठेक्का लिएको हो।
एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको यो परियोजनाअन्तर्गत ‘फोहोर मैला व्यवस्थापन केन्द्र’को निर्माण नगवाभन्दा पूर्वको नाला तथा सडक निर्माण र सिगंहा नदि व्यवस्था लगायतका अधिकांस कार्यहरू सम्पन्न भएको छलफलमा जानकारी गराइएको थियो।
परियोजनामा प्रयोग हुने ४ वटा टेक्टर, टिपर, रोलर तथा जेसिवी लगायतका सरसफाइका मेशिनहरू पनि मगाइ सकिएको ठेक्केदार कम्पनीका इन्जिनियर अजित कर्णले मेयरसरावगीलाइ जानकारी गराएको थिए। छलफलको क्रममा मेयर सरावगीले सिगंहा नदिको छेउमा निर्माण गरिने सवदाह गृहको निर्माण कार्य अविलम्व सुरु गर्न निर्देशन दिए। यो निर्माण सम्पन्न भइसकेपछि यसस्थानमा २० वर्षसम्म वीरगन्जको फोहोरलाई वैज्ञानिक किसिमले ब्यवस्थित गर्न सकिने छ।
यस फोहोर मैला व्यवस्थापन केन्द्रमा ल्याइने फोहार प्रसोधन गरी बजारमा बेचेर त्यसबाट वार्षिक ६ करोड २० लाख रुपैँया आम्दनी हुने लक्ष्य रहेको छ।