अर्घाखाँचीस्थित छत्रदेव गाउँपालिका वडा नं ४ मथुराडाँडामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) को सम्बन्धनमा एग्रोफरेष्ट्री पोलिटेक्निक इन्स्टिच्युट नामक शिक्षालय सञ्चालनमा आएको छ।
विसं २०७४ कात्तिकदेखि नियमित कक्षा सञ्चालन भएको उक्त शिक्षालयमा ४० विद्यार्थी अध्ययनरत छन्। शिक्षा मन्त्रालय र सिटिइभिटीको लगानीमा भवन निर्माण भएको छ । छात्रावास तथा प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन्।
बिहान ६ बजेदेखि अपराह्न २ बजेसम्म एग्रिकल्चरको स्नातक तहको कक्षा प्रारम्भ भएको शिक्षालयका प्रअ टीकाराम तिमिल्सेनाले बताए। लुम्बिनी अञ्चलमा कृषि तथा वन विज्ञान विषयको प्राविधिक शिक्षाको आवश्यकता खड्किरहेको थियो ।