दाङमा शुक्रबार भएको जीप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने थप तीनजना घाइते भएका छन्।
बंगलाचुली गाउँपालिका आँपडाडाँमा शुक्रबार बिहान लु १ ज २६५४ नं. को जीप दुर्घटना हुँदा प्यूठानको श्रमारानी गाँउपालिका वडा नं.५ निवासी कविराम बरालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परि प्यूठान श्रमारानी गाँउपालिकाकै मुमबहादुर बल्ली र ठेगाना खुल्न नसकेको सुधन वली र थप एकजना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको अहिले प्यूठानको विजुवारमा उपचार भइरहेको छ। बंगलाचुली गाँउपालिकादेखि हाँसीपुर जाँदै गरेको जीप अप्ठेरो बाटोको कारण दुर्घटनामा परेको भन्ने खुल्न आएको दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले जानकारी दिए। घटनास्थल दाङ र प्यूठानको सीमाना क्षेत्रमा पर्छ।