दाङमा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ।
बुधबार राति साढे ११ बजेतिर ना ५ ख ४६८६ नं.को बसको ठक्करबाट राप्ती गाउँपालिका वडा नं. ५ लठ्ठहवा निवासी १९ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा राति नै मृत्यु भएको थियो। पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नंं. ३ मसुरीयामा उक्त बसले ठक्कर दिएको थियो ।
पोखराबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको बस चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित भएर दुर्घटना हुँदा थप दश जना यात्रु घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि बुधबार राति नै मेडिकल कलेज कोहलपुर बाँकेमा ‘रेफर’ गरिएको दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए। घाइते दश जनामध्ये अधिकांश दाङ निवासी रहेको पनि उनले बताए।