पुसको अन्तिमसम्म शून्य दशमलव १ डिग्री सेल्सियससम्म झरेको दाङको तापक्रम माघदेखि क्रमिक रूपमा सुधार हुँदै जान थालेको छ।
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङका सहायक प्रमुख शरद शर्माका अनुसार बुधबार बिहान ८ :४५ बजे दाङको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको थियो।
उनले पुस मसान्तसम्म शून्य डिग्रीमा झरेको दाङको तापक्रममा क्रमिक रूपमा सुधार आउन थालेको बताए। बुधबार बिहान ८ :४५ बजे दाङमा वायूको तापक्रम ९ दशमलव ६ प्रतिशत थियो भने सापेक्षित आद्रता ९२ प्रतिशत रहेको शर्माले बताए ।