जाजरकाेटमा भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि र डाक्टरसहितको टाेली पुगेको छ।
पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो। जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ। भाइरल प्रभावित क्षेत्रमा आठ क्विन्टल औषधिसमेत ल्याइएको छ।
जाजरकोटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ। जाजरकोटमा भाइरलबाट मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ।