दाङको गढवामा जाडोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ।
गढुवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी ७१ वर्षीय जोखु चौधरीको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
चौधरी अपाङ्गता भएका व्यक्ति हुन्। उनी अविवाहित थिए र उनको स्याहार गर्ने कोही थिएन। उनका भतिजाहरू कामको सिलसिलामा छिमेकी देश भारतमा रहेको प्रहरीले बताएको छ।
अत्यधिक जाडोमा न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।