दाङको तुलसीपुरमा फेला परेको नगद ७५ हजार रुपैयाँ सम्वन्धित व्यक्तिलाई प्रदान गरिएको छ।
उक्त रकम तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललित जंग शाहको पुष्टि भएपपछि शाहलाई रकम प्रदान गरिएको हो। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार सोमबार शाहलाई बोलाएर रकम प्रदान गरिएको हो।
तुलसीपुरको विरेन्द्र चोकमा आइतबार बेलुका पौने सात बजेतिर उक्त रकम भेट्टाउने तुलसीपुरमा डिल्लु हेयर कटिङ सञ्चालन गर्दै आएका डिल्लु चौधरी र रिक्सा चालक रुद्रविर नेपालीलाई शाहले पुरस्कार स्वरुप जनही ५ / ५ सय रुपैयाँ प्रदान गरेको डिएसपी सापकोटाले बताए ।