देशभर चिसो बढेसँगै पोखरामा पनि चिसो बढेको छ। चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ। दिनमा घाम लागेर कम चिसो भए पनि बिहान, बेलुका र राति भने चिसोले जनजीवन प्रभावित गरेको हो।
क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार शनिबार यो वर्षकै सबैभन्दा न्युनतमा तापक्रम मापन भएको छ।
शनिबार बिहान ४ दशमलब ५ डिग्री र अधिकतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस मापन गरेको छ। न्युनतम तापक्रम पोखराको यो वर्ष कै सबै भन्दा कम हो। त्यसै गरि शुक्रबारको ४ दशमलव ९ डिग्री र अधिकतम २० डिग्री सेल्सियस मापन गरेको थियो।
कार्यालयले यस अगाडि बुधबारको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिक्तम तापक्रम २१ दशमलव ३ डिग्री सेल्सीयय मापन गरिएको थियो।
चिसोबाट बच्न चिकित्सकले न्यानो लुगा लगाउने, तातो बनाएर बस्ने, तातो झोल पदार्थ पिउने सुझाव दिएका छन्। चिसोको कारण बालबालिका, बृद्धबृद्धा बढी प्रभावित छन्। मौषम विभागले यो भन्दा पनि अझ चिसो हुने बताएको छ ।