चिसो बढेसँगै बुधबारदेखि झापाको जनजिवन प्रभावित भएको छ। अघिल्लो दिनको तुलनामा चिसो बढेपछि जिल्लाका अधिकांश बजार नराम्ररी प्रभावित भएका छन्।
जाडो महिना शुरु भएलगत्तै जिल्लामा शितलहर बढेको छ। विशेष गरी गौरिगञ्ज, गौरादह, शिवगञ्ज, झापाबजार, बनियानि, बगान, भद्रपुर, पृथ्वीनगरलगायतका ग्रामिण बजार र बस्तीका स्थानीय बासी बढी प्रभावित भएका छन्।
बाक्लो हुस्सु कारण बिहान सवेरै खोलिने ग्रामिण बजार बिहान ११ बजेसम्म पनि नखोलिएको स्थानियबासीले बताएका छन्।
चिसोको कारण बालबालिका , बृद्धबृद्धा , गर्भवति महिला र सुत्केरि बढी प्रभावित छन्। बाक्लो हुस्सु, चिसो हावा र सितलहरले पूर्वपश्चिम राजमार्गमा समेत अघिल्ला दिनको तुलनामा सवारी साधनको चाप घटेको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएको छ ।
बाक्लो हुस्सुले जिल्लाको जनजीवन विस्तारै कष्टकर बन्दै गएको छ। बुधबार बिहान झापाको शिवसताक्षी नगरपालिका गैडेस्थित जल तथा मौसम मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार न्युनतम तापक्रम ९.५ डिग्री सेल्सियस र अधिक्तम तापक्रम २५ दसमलव ५ डिग्री सेल्सीयय मापन गरिएको गरिएको थियो।
केन्द्रकी कर्मचारी भोजकुमारी खतिवडाका अनुसार बुधबार साँझ अधिकतम तापक्रम १६.५ डिग्री सेल्सिीय र न्युनतम तापक्रम ९.५ डिग्री सेल्सीयस मापन गरिएको थियो। अघिल्लो दिनको तुलनामा झापामा चिसो बढेको छ। अघिल्लो दिन अर्थात मंगलबार बिहानको अधिकतम तापक्रम ३३ डिग्री सेल्सीयस र न्युनतम तापक्रम १३ डिग्रि सेल्सीयस मापन भएको थियो।
चिसोबाट बच्न जिल्लाका केही बजारमा दाउरा बालेर स्थानियले आगो ताप्न थालेका छन्। झापामा दिउँसो मधुरो घाम लागे पनि बिहान र बेलुका अत्याधिक चिसो बढेको छ।
चिसोबाट वच्न चिकीत्सकले न्यानो लुगा लगाउने , चिसो हावा चलेको बेला हिण्डुल नगर्ने, दाउरा बालेर आगो ताप्ने, तातो झोल पदार्थ पिउने सुझाव दिएका छन्।
चिसोको कारण झाडापखला, खोकि लगायतका रोग देखा पर्ने भन्दै चिकीत्सकले रोगबाट बच्न स्वयम् सतर्क हुनुपर्ने सुझाएका छन्।