दाङ देउखुरीमा पत्नीको खुकुरी प्रहारबाट उनका पति गम्भीर घाइते भएका छन्।
लमही नगरपालिका ५ निवासी सुनिल खड्कालाई उनकी पत्नी सिटिजा खड्काले घरायसी विवादमा सोमवार साँझ आफ्नै पतिमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।
माईती घर गढवा गाउँपालिका वडा नम्बर १ धानखोलामा गएका बखत पति पत्नीका बीचमा सामान्य विवादकै क्रममा खड्काले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ।
खुकुरी प्रहारबाट सुनिल खड्काको टाउकोमा गहिरो घाउ लागेको प्रहरीले जानकारी दिएको छ। घाइते खड्कालाई लमही अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि कोहलपुर ‘रेफर’ गरिएको छ। पतिलाई खुकुरी प्रहार गरि घाइते बनाउने पत्नी सिटिजा खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।