राम्रो रोजगारी पाउने आशमा काठमाडौंको एक कन्सल्ट्यान्सीबाट दक्षिण अफ्रिकाको जोहान्सवर्ग पुगेका ३ जना युवा भागेर काठमाडौं आएका छन्।
क्यारियर हव प्रालि कंलकीबाट भारतको दिल्ली हुदैँ जोहान्सवर्गमा पुगेका ३ जना केही साताअघि भागेर नेपाल आएका हुन्।
कन्सल्ट्यान्सीले पठाएको कम्पनी त्यहाँ नभएको र विचल्लीमा परेपछि उनीहरु आफ्नै खर्चमा काठमाडौं आइपुगेका हुन्।
३ जना मध्ये २ जना एक लटमा र अर्को एक जना पछि काठमाडौं आइपुगेको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
जोहान्सवर्ग पुगेपछि त्यहाँ आफूहरुले मानसिक र शारिरीक यातनासमेत पाएको पीडित युवाहरुले बताएका छन् । आफूहरु जोहान्सवर्गबाट भागेर नेपाल अाएको पीडित युवाहरुले बताएका छन् । उनीहरुलाई त्यहाँ बन्धक बनाएर राखिएको थियो।
नेपाल आइसकेपछि कन्सल्ट्यान्सी संचालक मोरङ सुन्दर हरैचा घर भइ काठमाडौंको चन्द्रागिरीमा बस्दै आएका चित्र प्रसाद ढुंगेलसँग उनीहरुले क्षतिपुर्ति मागेका थिए। ढुंगेलले धाक धम्की दिएपछि उनीहरु नेपाल प्रहरीको सिआइबी पुगेका थिए।
प्रहरीले संचालक ढुंगेललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।
सिआइबीले पीडित युवाहरुको नाम भने योप्य रहेको छ। ती युवाहरु ७ लाख भन्दा बढी तिरेर त्यहाँ पुगेका थिए। ढुंगेललाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाइने सिआइबीले बताएको छ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ३ र ४ को कसुरमा मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैया जरिवाना व्यवस्था रहेको छ।