दाङको तुलसीपुरमा विद्युत सर्ट भई कपास उद्योगमा आगो लाग्दा लाखौंको क्षति भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित राप्ती कपास उद्योगमा आइतबार बिहान साढे १० बजेतिर भएको आगलागीबाट उद्योगमा राखिएको कपास, तयारी अवस्थामा राखिएका सिरक डसना तथा काँचो कपडा जलेर नष्ट भएको छ।
उद्योग सञ्चालक लोकमान मुसरले आगलागीले १० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको बताए । मसुरले सिरक डसना बनाउने मेसिनपनि जलेर नष्ट भएको जानकारी दिए।
तुलसीपुर उपमहानगरको दमकल, प्रहरी, स्थानीयबासीको सहयोगमा झन्डै आधा घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।