दाङको तुलसीपुरका ६ जना १४ वर्षीया दलित बालिकाहरू घर फर्किएका छन्।
साथीहरूको लहलहैमा कास्कीको पोखरालगायतका स्थानमा पुगेका उनीहरू बिहिबार घर फर्किएको भन्ने सूचना प्राप्त भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
उनले शुक्रबार ६ जना बालिका र उनीहरूका अभिभावक लगायत सबैलाई ईप्रकामा बोलाएर उनीहरूलाई कसले त्यहाँ पुर्याएको हो भन्ने सवालमा सोधपुछ गर्न लागेको जानकारी दिए। ‘यदि कसैले कुनैपनि खालको प्रलोभनमा पारेर लगेको रहेछ भने त्यस्तो व्यक्तिलाई कारवाही गर्नका लागि उनीहरूलाई डाकिएको हो’ सापकोटाले भने।
सामाजिक सञ्जालमार्फत अभिभावकको सम्पर्कमा आएकी ती बालिकालाई अभिभावकले सम्झाइ बुझाइ घर फर्काएको बताएका छन्।