दाङमा करेण्ट लागेर एक जना मजदूरको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ टरिगाउँमा फर्निचर सम्वन्धी काम गर्ने क्रममा करेण्ट लागेर सल्यान जिल्ला निवासी २७ वर्षीय धर्मराज सुनारको मृत्यु भएको प्रहरीले बताएको छ ।
करेण्ट लागेर गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।